नेपाल राष्ट्र बैंक तथा विभिन्न नियमन निकायले जारी गरेको निर्देशन अनुसार प्रत्येक सहकारीका सदस्यहरुले आफु आवद्ध भएका सहकारीहरुमा उल्लेखीत थप विवरणहरु अध्यावधिक गर्नुपर्ने ब्यवस्था अनुसार यस आयाम बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना सम्पूर्ण सदस्यहरुको ब्यक्तीगत विवरण अध्यावधिक गर्ने काम गरिरहेको हुँदा आफ्नो संबन्धित कार्यालयमा सम्पर्क राखी यथासीघ्र आफ्नो विवरणहरु अध्यावधिक गरिदिनुहुन यो सुचना प्रकाशित गरिएको छ । (Know Your Member) आफ्नो सदस्य पहिचान अभियानमा सम्पूर्ण सदस्यहरुले आफ्नो विवरण अध्यावधिक गरेर सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ ।
आफ्नोे विवरण अध्यावधिक गर्ने शिलशिलामा संस्थामा उपस्थित हुुँदा अथवा आफ्नो कर्मचारीमार्फत फर्म भर्दा निम्न विवरण तथा कागजातका साथ उपस्थित हुन समेत अनुरोध गर्दछौ ।
१) हालसालै खिचिएकोे पासपोर्ट साइजको फोटो – १ प्रति
२) संबन्धित सदस्यको परिचय खुल्ने परिचय पत्रको प्रतिलिपि – १ प्रति
३) हाल बसोबास गरिरहेको ठेगाना पुष्टि हुने जस्तै: लालपुर्जा, पानी विजुलीको विलको प्रतिलिपि – १ प्रति
नोट: संस्थामा उपस्थित हुन कठिन सदस्यको लागि बजार प्रतिनिधि मार्फत पनि आफ्नो सदस्य पहिचान फारम भर्ने ब्यवस्था मिलाइएको छ । आफु भएको स्थानको बारेमा कार्यलयमा जानकारी गराइ सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।