आयाम बचत तथा ऋण सहकारी संस्था लि.ले आयाम साकोस मोवाइल बैंकिङ्ग एप सार्वजनीक गरेको छ । उक्त एपको प्रयोग गरी सदस्यहरुले ब्यालेन्स जानकारी, मिनि स्टेटमेन्ट, चेक अनुुरोध तथा रद्ध, नगद ट्रान्सफर, एसएमएस अर्लट, युटिलिटि विल, मोवाइल टपअप लगायतका सुविधा उपभोग गर्न सक्नेछन् । सदस्यहरुको सेवा सुविधाको लागि आफ्नो बचत तथा अन्य कारोबारहरु यस एप मार्फत सहजै जानकारी हासील गर्न सक्नेछन् । साथै आफ्नो खातामा रहेको रकम अन्य कुनै ब्यक्तीको खातामा समेत सहजै ट्रान्सफर गर्न सकिने सुविधा एपमा रहेको छ ।