संस्थाले आफ्ना सदस्यहरुको आर्थिक सामजिक जीवनस्तर उकास्ने उद्देश्यका साथ समय-समयमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ | त्यस सम्बन्धि सम्पूर्ण विवरण संस्थाको तीनवर्षे रणनीतिमा स्पष्ट पारिएको छ | केहि कार्यक्रमहरु निम्नानुसार छन्:

  • पाँचखाल, भकुन्डेवेशी, शंखु-पाटीचौर र कुन्तामा सेवाकेन्द्र विस्तार गरि सरल र सहज पहुचको व्यवस्था गर्ने,
  • घरदैलो रेमिटेन्स सेवा प्रभावकारी बनाउने
  • मोबाइल एप मार्फत विजुली, टेलिफोन, खानेपानी, टि.भी. (डिसहोम, मेरो टिभी आदि), इन्टरनेटको बिल घरमै बसेर भुक्तानी गर्ने व्यवस्था मिलाउने
  • आयाम साकोसको आफ्नै विद्युतीय भुक्तानी मेसिन (ATM) को व्यवस्था गर्ने
  • युवा स्वरोजगारको कोषको कार्यक्रमलाई अझ परिष्कृत गर्दै बढीभन्दा बढी युवाहरुलाई स्वरोजगार बनाउने
  • अन्य सहकारी संस्था तथा सदस्यहरु संगको सहकार्यमा उत्पादनमुलक क्षेत्रमा साझेदारीमा लगानी गर्ने
  • व्यावसायिक परामर्श केन्द्र स्थापना गर्ने