नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको युवा तथा साना ब्यवसायी स्वरोजगार कार्यक्रम अन्तर्गत काभ्रे जिल्लामा आयाम बचत तथा ऋण सहकारी संस्था लि.ले पनि कर्जा प्रवाह गर्दे आइरहेको छ । कोषसँग पहिलोपटक रु. ५०,००,०००।०० (अक्षेरेपी रु. पचास लाख रुपैयाँ मात्र) कर्जा सम्झौता गरी प्रथम किस्ता रु. २५,००,०००।०० (अक्षेरेपी रु. पच्चीस लाख रुपैयाँ मात्र) १६ जना युवाहरुलाई प्रदान गरिसकेको छ भने दोस्रो किस्ता लगानीको तयारिमा रहेको छ । करिब एक दशक अघिबाट नेपाल सरकारले सुरुवात गरेको कार्यक्रमले देशभर पुँजिको अभावका कारण ब्यवसायमा लाग्नबाट बंचित तथा बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने उदेश्यका साथ संचालित कार्यक्रमले हालसम्म १६ जना यृुवाहरुलाई सहुलियत ऋण उपलब्ध गराएको छ । नेपालमा बढ्दो बेरोजगारी तथा विदेश पलायन रोक्नका लागि यसले केही मद्धत गरेको छ ।
नेपाल सरकारले युवा तथा खेलकुद मन्त्रालय अन्र्तगत एउटा प्याकेजको रुपमा हरेक वर्ष बजेट विनियोजन गर्दै कोषमा राख्ने गर्दछ । जुन कोषलाई हरेक जिल्लामा रहेको स्थानिय स्तरमा संचालित सहकारी तथा वित्तिय सहकारी मार्फत ग्राहकहरुलाई लगानी गर्ने गरिएको छ । सरकारले कार्यक्रम संचालन गर्ने सहकारीलाई उक्त रकम ५ प्रतिशत ब्याजदरमा उपलब्ध गराउँदै आइरहेको छ । सहकारीले सेवाग्राही युवाहरुलाई १० प्रतिशत ब्याजदरमा लगानी गर्न पाउने ब्यवस्था मिलाएको छ । विना धितो जमानीको आधारमा प्रदान गरिने सहुलियत ऋण तोकेको समयमा किस्ता र तोकेको समयसिमा भित्रमा सहुलियत ऋण चुक्ता गरेमा सेवाग्राहिले तिरेको ब्याज ६० प्रतिशत रकम अनुदानको रुपमा फिर्ता पाउने छन् । सहकारीमा सदस्यता प्राप्त गरेको केही दिन भित्रमै उक्त कोेषको रकम लगानी गर्ने गरिएको छ । तिन वर्षसम्म कर्जा फिर्ता गरिसक्ने गरी युवावर्गलाई लगानी गरिने हुँदा किस्ताभार पनि त्यत्ती धेरै नपर्ने हुन्छ । युवा तथा साना ब्यवसायि स्वरोजगार कार्यक्रमको सहुलियत ऋणबाट संचालन गरेको ब्यवसायको कर्जा बराबरको बिमा समेत कोषले ब्यहोर्ने हुदा ब्यवसायिहरुलाई थप टेवा पुग्ने देखिन्छ । ग्रामिण भेगमा आयाम साकोसमा आवद्धता भएका युवाहरुलाई स्वरोजगार बनाउने उदेश्य अनुरुप काभ्रेको डाँडापारी, कोशिपारि लगाएतका भेगहरुमा पनि कोषको कर्जा प्रवाह गरिएको छ ।
चालु आर्थिक वर्षको लागि काभ्रे जिल्लामा २३ वटा सहकारी मार्फत २ करोड ९५ लाख लगानि गर्दै १ सय २५ हाराहरी युवा ब्यवसायीहरुलाई कर्जा लगानी गरेर स्वरोजगार बनाउने लक्ष्य निर्धारण गरिएको कोषको स्रोतले बताउँछ । कार्यक्रमलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला संयोजन तथा अनुगमन समिति निर्माण भएको र कार्यक्रम मार्फत संचालित ब्यवसायको अनुगमन तथा निरिक्षण गरेर कार्यक्रम थप प्रभावकारी बनाउने कोषको लक्ष्य रहेको छ । सोही लक्ष्य अनुरुप यस साकोसले जिल्ला समन्वय समिति, युवा तथा साना ब्यवसायी स्वरोजगार कोष संग सहकार्य गरी समयसमयमा अनुगमन, निरिक्षण गर्दे आइरहेको छ ।
