१. समुदायमा छरिएर रहेको स–साना पुँजिहरुलाई एकिकृत गराई स्वावलम्बन, पारस्पारिक सहयोागका साथसाथै आर्थिक मितब्ययिताको अभिबृद्धी गर्दै नियमित बचत गर्ने बानीको विकास गरी पुँजिगत स्रोतको विकास गर्ने ।
२. सदस्यहरुको ब्यक्तिगत एवं सामुहिक क्षमतामा अभिवृद्धी गरी आत्मनिर्भर समाजको निमार्णमा योगदान पु¥याउने ।
३. उत्पादनशिल, आयमुलक सीपमुलक उदेश्यका लागि सदस्यहरुलाई उचित ब्याजदरमा कर्जा प्रवाह गर्ने ।
४. सदस्यहरुको आय आर्जनमा बृद्धि गरी आर्थिक रुपमा सबल र सक्षम बनाउन पुलको काम गर्ने ।
५. सदस्यहरुको ब्यक्तित्व र नेतृत्व बिकासको लागि योजनाहरु निर्माण गरी सदस्य लक्षित कार्यक्रमहरु संचालन गर्ने ।
६. युवा तथा साना ब्यवसायी स्वरोजगार कोषसँग सहकार्य गरेर अधिकतम युवावर्गहरुलाई शुलभ र सहज ढङ्गबाट कर्जा प्रवाह गर्दे स्वरोजगार कार्यक्रम तर्फ उन्मुख गराउने ।
७. महिला, पिछडिएका वर्ग, सिमान्तकृत जातजातीहरुको आर्थिक स्तरन्नोतीका लागि विशेष योजनाहरु निर्माण गरेर लागु गर्ने ।
८. शेयर सदस्य तथा सदस्यको छोराछोरीहरुको लागि उच्च शिक्षा अध्ययनका लागि आर्थिक र ब्यवहारी सहायता गर्ने ।
९. द्धन्द्ध पिडित, महिला, असाहय तथा सिमान्तकृत वर्गको आर्थिक उत्थानकोे लागि सिपमुलक तालिमको ब्यवस्था गर्ने ।