आयाम बचत तथा आयाम बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको ९ औं वार्षिक साधारण सभा भदौ २ गते शनिवार एक कार्यक्रमका विच सम्पन्न भएको छ । प्रदेश सभा सांसद बसुन्धरा हुमागाँईकोे प्रमुख आतीथ्यता र आयाम साकोसका अध्यक्ष नवराज घोरसाइनेको सभापतीत्वमा सम्पन्न भएको साधारण सभामा सचिव डम्बर ब. लम्सालले सचिवको प्रतिवेदन, कोषध्यक्ष सुनिल चौलागाँईद्धारा कोषाध्यक्षको प्रतिवेदन तथा लेखा समितिका संयोजक विनोद बजगाँईले लेखा सुपरिक्षण समितिको प्रतिवेदन तथा प्रबन्धक सविना पन्तले आफ्नो प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभा कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. का संचालक सदस्य उद्धव सापकोटाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रम छाता संगठन जिल्ला सहकारी संघ काभ्रेका संचालक समिति सचिव दिलिप शर्मा, छाता संगठन जिल्ला बचत तथा ऋण सहकारी संघ काभ्रेका संचालक समितीका द्धितिय उपाध्यक्ष्य तिर्थमाया प्रधान, नेपाल पत्रकार महासघं काभ्रेका अध्यक्ष्य मोतिराम तिमल्सिना, नेपाल पत्रकार महासघ प्रदेश नं. ३ का उपाध्यक्ष्य यदुनाथ गौतम, यूवा तथा साना व्यबसायी स्वरोगार कोष काभ्रेका सदस्य सचिब मनिष ढुंगाना, काभ्रे उधोग वाणिज्य सघंका महासचिव कैलाश पलाञ्चोके, सम्बृद्धी बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष्य सादुराम दहाल, भिमसेन महाराज बचत तथा ऋण सहकारी सस्थाका सल्लाहकार महेन्द्रकार रञ्जित, प्रिमियर बचत तथा ऋण सहकारी सस्थाका व्यवस्थापक सन्तोष दहाल, राष्ट्रिय कर्मचारी संघका केन्द्रीय उपाध्यक्ष्य बद्री तिमल्सिना लगायत को उपस्थिती रहेको थियो । संस्थाका प्रमुख अतिथि माननिय बसुन्धरा हुमागाँईले संस्थाको कार्यशैलीको मुक्तकण्ठले प्रशंसा गर्दै आगामी दिनमा अझै सदस्य केन्द्रीत भएर अगाडी बढ्न सुझाव दिनु भएको थियो । सहकारीमा विद्यमान करको विषयमा बोल्दै उहाँले दोहोरो करको मारमा सहकारी परेको भन्दै आफ्नो स्थानबाट सहकारी करको दायरा घटाउन सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । उहाँले स्थानीय निकाय तथा प्रदेशमा जथाभावी अनावश्यक कर नलिन ह्वीप जारि गरेको र यसलाई नियमनको दायरामा ल्याई स्थानीयलाई मारमा नपार्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो । साथै विशेष अतिथि उद्धव तिमल्सिनाले सहकारीलाई नेफ्स्कुनको एउटै छाता मुनी ल्याएर सहकारी क्षेत्रमा विद्यमान विकृती विसगंतीलाई न्युनिकरण गर्दै लैजाने विस्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा आयाम साकोस जिल्ला बचत तथा ऋण सहकारी संघ काभ्रेको नजिक भई राम्रो कारोबार गरिरहेको बताउदै संघको संचालक समितीका द्धितिय उपाध्यक्ष्य तिर्थमाया प्रधानले अझ सफलताका साथ सदस्य केन्द्रित हुन हौसला दिनुभएको थियो । त्यसै गरी जिल्ला सहकारी संघ काभ्रेका संचालक समिती सचिव दिलिप शर्माले सहकारी सस्था र सदस्यले जान्नै पर्ने ४ कुराहरु स्पष्ट पार्नु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासघ प्रदेश नं. ३ का उपाध्यक्ष्य यदुनाथ गौतम, यूवा तथा साना व्यबसायी स्वरोगार कोष काभ्रेका सदस्य सचिब मनिस ढुंगाना, काभ्रे उधोग वाणिज्य सघंका महासचिव कैलाश पलाञ्चोके, सम्बृद्धी बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष्य सादुराम दहाल, भिमसेन महाराज बचत तथा ऋण सहकारी सस्थाका सल्लाहकार महेन्द्रकार रञ्जितले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
बनेपामा ७ मा कार्यलय रहि संचालित यस सहकारीले विशेष गरि सदस्य हितका लागि विभिन्न खाले कार्यहरु गर्दै आएको छ । जस अन्र्तगत सदस्यको हितलाई ध्यानमा राखी युवा तथा साना ब्यवसायी स्वरोजगार कोष संग सहकार्य गरेर शुलभ दरमा कर्जा प्रवाह गर्दै आएको छ । साथै यस आर्थिक वर्षमा थप ५० जना युवालाई स्वरोजगार बनाउने लक्ष्य लिएको सचिव डम्बर ब. लम्सालले बताए । त्यसै गरि सदस्य हितका लागि विभिन्न खाले कर्जा शिर्षकमा शुलभ कर्जा प्रवाह गर्दै आएको छ । यस नवौं वार्षिक साधारणबाट विभिन्न खाले सदस्य राहत कार्यक्रम पनि अगाडी सारी पारीत समेत गरेको छ । सदस्य स्वास्थ्य राहत, सदस्य शल्यक्रिया राहत, सदस्य सुत्केरी राहत, बाल सदस्य शिक्षा राहत, सदस्य मुत्यु राहत लगायतका सदस्य केन्द्रीत राहत कार्यक्रमहरु अगाडी सारेको छ । ४ करोड ५० लाखको कुुल सम्पत्ती मा संचालीत यस संस्थाले आ.व. ०७५/०७६ मा काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिकामा एउटा सम्पर्क केन्द्रको स्थापना गरेर सेवा विस्तार गर्ने कार्यक्रम अगाडी सारेको छ । वाल सदस्य सहित १००० भन्दा बढी शेयर सदस्यहरुलाई सेवा प्रदान गर्दै आइरहेको यस संस्थाले सदस्य केन्द्रीत कार्ययोजनाहरु अगाडी सार्दै सदस्यको हितमा कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।