‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने मूल मर्मका साथ स–साना पूँजीलाई एकीकृत गर्दै सबै सदस्य र तिनका परिवारको आर्थिक सामाजिक रुपान्तरणका लागि वि. सं २०६६ चैत्र २९ गते डिभिजन सहकारी कार्यालय धुलिखेलमा दर्ता भई यूवाहरुद्वारा सञ्चालन शुरु गरिएको एक नितान्त सामाजिक सहकारी संस्था हो –आयाम बचत तथा ऋण सहकारी संस्था । प्रति सदस्य रु५०००। का दरलै संकलन गरी २५ जना सदस्यबाट शुरु गरिएको यस सहकारी संस्था अहिले एक नमुना संस्थाको रुपमा स्थापित हुन सफल भएको छ । यसमा यस संस्थाको शेयर सदस्यहरुको नै भूमिका महत्वपूर्ण रहेको छ । आयाम साकोसको सञ्चालक समिति सदैव आफ्नो सदस्यहरुलाई पहिलो प्राथमिकतामा राखेर आफ्नो निती तथा कार्यक्रमहरु सञ्चालन गरिरहेको छ र यसमा दृढ रहेको छ । आफ्नो सदस्यहरुको आर्थिक सामाजिक सुरक्षाका लागि विभिन्न ७ वटा राहतका कार्यक्रम सञ्चालन गरिरहेको छ भने आवश्यकता अनुसार अन्य सीपमुलक तालिम , व्यवसायिक परामर्श तथा स्वोरोजगार बन्न चाहने यूवाहरुलाई बिउ पूँजी समेत उपलब्ध गराउदै आएको छ ।

संस्थाको सञ्चालक समितिको अध्यक्षको नाताले म तपाई सम्पूर्णमा यस संस्था सदैव सदस्य हितमा केन्द्रित भई तपाईले दु:ख गरेर आर्जन गरेको १/१ पैसाको उचित प्रतिफल सहित पूर्ण सुरक्षाको प्रत्याभुती गराई तपाईको हरेक सुख-दु:खमा साथ रहदैँ आर्थिक सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान दिने प्रतिबद्धता सम्पुर्ण सञ्चालक समितिको तर्फबाट गर्दछु । सहकारीका शिद्धान्त र मूल मर्ममा हामी कहिले पनि चुक्ने छैनौ ।