पृष्ठभुमी
आयाम बचत तथा ऋण सहकारी संस्था लि. बनेपा ०७, जिल्लाका विभिन्न क्षेत्रमा क्रियाशिल युवाहरुले आफ्ना सदस्यहरुको आर्थिक, सामाजिक उन्नती प्रगतीको लागि मिति २०६६ चैत्र २० गते डिभिजन सहकारी कार्यलय धुलिखेल काभ्रेमा विधिवत रुपमा दर्ता भई आफ्ना सदस्यहरुलाई सहकारीको भिडमा अलग र अर्थपूर्ण सेवा सुविधा प्रदान गरि रहेको पूर्णत सामुदायीक रुपमा संचालीत सहकारी भावना तथा निति सिद्धान्तमा दृढ सहकारी संस्था हो ।
काभ्रेपलाञ्चोक जिल्लाभरि कार्यक्षेत्र भएको यस संस्थाले बचत तथा ऋणकोे मुल कारोबारका अतिरिक्त युवा तथा साना ब्यवसायी स्वरोजगार कोष जस्ता निकायहरु सँग सहकार्य गरि आफ्ना सदस्यहरुलाई स्वावलम्भी र स्वरोेजगार बनाउँदै आइरहेको छ । संस्थाको हरेक कार्य तथा नितिहरु सदस्य केन्द्रित भई बढी भन्दा बढी सुविधा उपलब्ध गराउन तल्लिन छ । यसै अनुरुप आफ्ना सदस्यहरुको आर्थिक, सामाजिक सुरक्षाको अनुभुती गर्दे सदस्यहरुका लागि मिति २०७५ साउन १ देखी लागू हुने गरि देहाय बमोजिमका महत्वपूर्ण राहतको कार्यक्रम संस्थाका मिति २०७५ भाद्र २ गते सम्पन्न सम्मानित साधारण सभाबाट पारित गराएका छौं ।
राहत कार्यक्रम
क) सदस्य स्वास्थ्य राहत कार्यक्रम
यस योजना अन्र्तगत सदस्य स्वास्थ्य उपचार गर्दाको बखत सम्म जम्मा भएको नियमित अनिवार्य मासिक बचतको दुई गुणा वा विल रकम वा अधिकतम रु.५०००।०० मध्ये जुन कम हुनेछ त्यो रकम बराबरको स्वास्थ्य उपचार खर्च पाउनु हुनेछ । यस राहतको लागि स्वास्थ्य उपचार भन्नाले अस्पतालमा भर्ना भई कम्तीमा २ दिनसम्म उपचार गरिएकोलाई जनाउँदछ । एक पटक यो राहत लिईसकेपछी अर्काे पटकको अघिल्लो राहत प्राप्त गरेको मिति देखि जम्मा भएको अनिवार्य नियमित मासिक बचतको २ गुणा वा विल रकम वा अधिकतम रु. ५०००।०० मध्ये जुन कम हुनेछ त्यो बराबरको राहत रकम उपलब्ध गराइनेछ । एवं रितले एक ब्यक्तीलाई ५ पटक सम्म सो राहत उपलब्ध गराइनेछ ।

ख) शल्यक्रीया राहत कोेष
यस योजना अन्र्तगत स्वास्थ्य उपचार गर्दाको बखत सम्म जम्मा भएको नियमित अनिवार्य मासीक बचतको ३ गुुणा वा अधितम रु २०,०००। मध्ये जुन कम हुनेछ त्यो रकम बराबरको शल्यक्रीया राहत खर्च पाउनुहुनेछ । यस राहतको लागि जटील शल्यक्रीया भएको प्रमाणपत्र तथा अस्पताल बाट प्रदान गरेको विलहरु पेश गर्नुपर्नेछ ।

ग) सदस्य सुत्केरी राहत–१
यस योजना अन्र्तगत सदस्यता लिएको ३ महिना पुरा भएको सदस्य वा निजको श्रीमती सुत्केरी हुुँदा बेबी किट सहित सुत्केरी भेटघाट गरी सुत्केरी आमा तथा नवजात शिशुको नाममा निःशुल्क सदस्यता तथा बचत खाता खोली संस्थाको तर्फबाट वाल सदस्यको नाममा रु. १,०००।०० जम्मा गरिनेछ ।

घ) सदस्य सुत्केरी राहत–२
यस योजना अन्र्तगत सदस्य अस्पताल भर्ना भई चिरफार गरि सुत्केरी भएको र सदस्यता लिएको ३ महिना पुरा भएको अवस्थामा रु ५,०००।०० उपचार खर्च उपलब्ध गराइनेछ । त्यसैगरि सदस्यको श्रीमती शल्यक्रिया गरि सुत्केरि हुँदा संस्थाको सदस्य बनाई रु.३०००।०० सुत्केरी राहत उपलब्ध गराइनेछ ।

ङ) सदस्य मुत्यु राहत
सदस्यको प्राकृतिक मुत्यु भएमा रु. १०,०००।०० र अप्राकृतिक (आत्महत्या) भएमा रु ५०००।०० किरिया खर्च उपलब्ध गराइनेछ । ६० वर्ष नाघेर बनेका सदस्यहरुको हकमा यो राहत उपलब्ध गराइने छैन । यस राहतको लागि सदस्यता लिएको छ महिना पुरा भएको हुनु पर्नेछ ।

च) पारिवारिक राहत
सदस्यको एकाघर आमा, बुवा, श्रीमान श्रीमती र छोरा छोरीको प्राकृतीक मुत्यु भएमा रु. ५,०००।०० उपलब्ध गराइनेछ । यस राहतको लागि सदस्यता ग्रहण गरेको ३ महिना अवधि पूरा भएको हुनुपर्नेछ ।

छ) उच्च शिक्षा राहत
जन्मेको १ वर्ष देखि ३ वर्ष सम्म बनेका वाल सदस्यहरुका नाममा निजका अभिभावकहरुले मासिक न्युनतम रु. ५००।०० अनिवार्य नियमित मासिक बचत गरेमा निज बालक १६ वर्ष पुगे पश्चात एकमुष्ठ रु. १०,०००।०० उपलब्ध गराइनेछ । जन्मेको १ वर्ष देखि ३ वर्ष सम्म बनेका वाल सदस्यहरुका नाममा निजका अभिभावकहरुले मासिक न्युनतम रु. २००।०० अनिवार्य नियमित मासिक बचत गरेमा निज बालक १६ वर्ष पुगे पश्चात एकमुष्ठ रु. ५,०००।०० उपलब्ध गराइनेछ । जन्मेको ३ वर्ष देखि १० वर्ष सम्म बनेका वाल सदस्यहरुका नाममा निजका अभिभावकहरुले मासिक न्युनतम रु. ५००।०० अनिवार्य नियमित मासिक बचत गरेमा निज बालक १६ वर्ष पुगे पश्चात एकमुष्ठ रु. ६,०००।०० उपलब्ध गराइनेछ । जन्मेको ३ वर्ष देखि १० वर्ष सम्म बनेका वाल सदस्यहरुका नाममा निजका अभिभावकहरुले मासिक न्युनतम रु. २००।०० अनिवार्य नियमित मासिक बचत गरेमा निज बालक १६ वर्ष पुगे पश्चात एकमुष्ठ रु. ३,०००।०० उपलब्ध गराइनेछ । उल्लेखित सम्पूर्ण सुविधाहरु ब्याज तथा साँवा एकमुष्ठका अतिरिक्त थप सुविधाको रुपमा प्रदान गराइनेछ ।

राहत कार्यक्रमको श्रोत
संस्थामा आवद्ध सम्पूर्ण सदस्यहरुले हरेक आर्थिक वर्ष र ५०० सदस्य राहत बचत खातामा जम्मा गर्नुपर्नेछ । सो खातामा वार्षीक १२ प्रतिशतका दरले ब्याज उपलब्ध गराई सो ब्याज एकमुष्ठ “सदस्य राहत कोष” मा जम्मा हुने ब्यवस्था मिलाइएको छ । सम्पूर्ण राहतका कार्यक्रमहरु सोहि कोष मार्फत संचालन गरिनेछ । अन्य श्रोतबाट प्राप्त दान दान्तब्य समेत नेपाल सरकारको प्रचलित नियम अनुसार हुने गरि सो कोषमा जम्मा गरिने ब्यवस्था मिलाइएकोछ ।
सदस्यहरुको वार्षीक रु.५०० को दरले बचत भएको जम्मा बचत रकम सदस्यता खारेज गर्दाको बखत एकमुष्ठ भुक्तानी गरिनेछ ।