काभ्रे जिल्लाको बनेपामा केन्द्रीय कार्यालय रहेको आयाम बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो शाखाको रूपमा पाँचखाल नगरपालिका–४, समाजकल्याणमा सेवा केन्द्र स्थापना गरेको छ ।

काभ्रे जिल्लाका प्रदेश संसद लक्ष्मण लम्सालको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका सल्लाहकार टिकाराम खड्गी, जिल्ला सहकारी संघ, काभ्रेका सञ्चालक सदस्य ठाकुरनाथ अधिकारी, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सञ्चालक सदस्य सत्यवती भट्टराई, पाँचखाल न.पा. सहकारी शाखा प्रमुख ईश्वर अधिकारी, पाँचखाल उद्योग वाणिज्य संघका अध्यक्ष राजन कार्की, पाँचखाल न.पा.का वडा नं. १, २, ३, ४, ५, ६ र ७ का वडाध्यक्षहरू क्रमश अष्टबहादुर तामाङ, हरि खतिवडा, सुन्दर अधिकारी, सुन्दर लामा, बालकृष्ण सापकोटा, रामशरण दुलाल, पुष्कर ढकाल, प्रभु साकोसका अध्यक्ष श्यामकृष्ण लम्साल लगाएतका अतिथिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी लम्सालले सहकारी संस्था जनताको सहयोगी संस्था बनेर अगाडि बढ्नुपर्ने बताउनु भयो । उहाँले सहकारीले सामान्य मानिसको जिवनयापनमा प्रत्यक्ष सरोकार राख्ने विषयबस्तुलाई प्राथमिकता क्रममा राखेर उत्पादनमुलक क्षेत्रमा लगानीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले सहकारी अर्थ ब्यवस्थालाई तेस्रो खम्बाको रुपमा संविधानमै समेटेको अवस्था पाँचखाल नगरपालिकामा कृषी लगानिलाई प्रोत्साहन गर्दे कृषी क्रान्ती गर्न सकिने सुझाव पेश गर्नुभएको थियो ।

कार्यक्रमको सभापतित्व गर्नुभएका संस्थाका अध्यक्ष नवराज घोरसाइनेले सहकारीको नीति, नियम र परिधिभित्र रहेर आफ्ना सदस्यहरुको आर्थिक, समाजिक, संवेगात्मक विकासमा आयाम साकोस सदैव अग्रसर हुने बताउनुभएको थियो । साथै संस्थाले अघि सारेका कार्यक्रमहरुमा सहभागी भएर सेवा उपभोेगको लागि आग्रह गर्नुभएको थियो । उहाँले स्वरोजगार कर्जा अन्र्तगत यस संस्थाले पहिलोे र दोस्रो किस्ता गरेर ३९ जना युवाहरुलाई सहभागी गराइएको पनि यसै कार्यक्रम मार्फत जानकारी गराउनुभयो ।

संस्थाले सदस्य स्वास्थ्य राहत कार्यक्रम, शल्यक्रिया राहत कोष, सदस्य सुत्केरी राहत, सदस्य मृत्यु राहत, पारिवारिक राहत, उच्च शिक्षा प्रोत्साहन कार्यक्रम जस्ता विविध कार्यक्रमहरू सञ्चालन गरेको छ । कार्यक्रममा डोरकुपनको व्यवस्था गरी लक्की ड्र मार्फत १० जना बिजेतालाई आकर्षक उपहार प्रदान गरिएको थियो ।

५ करोड ५० लाखको कुल सम्पतीमा सञ्चालित संस्थाले केन्द्रीय कार्यालय बनेपाबाट बाल सदस्यसहित २००० भन्दा बढी शेयर सदस्यहरुलाई सेवा प्रदान गर्दै आइरहेको र पाँचखाल क्षेत्रमा औपचारिक रुपमा सेवा केन्द्र स्थापना गर्नु अगावै लगभग ३५० सदस्यता वितरण गरि सकिएकोे संस्थाका प्रबन्धक सबिना पन्तले जानकारी दिनुभएको छ । कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष सुनिल चौलागाईंले गर्नुभएको थियो ।