आर्थिक सम्बृद्धीको एउटै आधार “सहकारीतात्मक पद्धती” भन्ने यथार्थलाई मध्यनजर गरि युवा शक्तिलाई केन्द्रिकित गर्दै भविष्यको लागि दरविलो आधार तयार पार्न हातेमालो गर्दै समाजमा नौलो र सकारात्मक आयाम छर्ने उदेश्यका साथ आयाम बचत तथा ऋण सहकारी संस्थाको स्थापना भएको हो । डिभिजन सहकारी कार्यलय धुलिखेल काभ्रेमा मिति २०६६ चैत्र २९ गते विधिवत रुपमा दर्ता गरी विभिन्न क्षेत्र तथा सामाजीक संघ संस्थामा आवद्ध भई अनुभव प्राप्त युवाहरुको संजालको रुपमा आयाम साकोसको प्रार्दुभाव भएको हो । स्थापनाकालदेखीनै आफ्ना शेयर सदस्यहरुलाई सरल र शुलभ किसिमले बढी भन्दा बढी सेवा तथा सुविधा दिन तल्लिन यस संस्था बनेपा शहरको मुटुु चारदोबाटोमा रहि विप्रेशण (रेमिट्यान्स), बिल भुक्तानी (ग्तष्ष्तिथ एबथmभलत) जस्ता सुविधाहरु सदस्यहरुको अधिकतम सहजतालाई मध्यनजर गर्दै निशुल्क रुपमा उपलब्ध गराउँदै आइरहेको छ । साथै यस आयाम बचत तथा ऋण सहकारी संस्था लि.ले सदस्यहरुको सुविधालाई मध्यनजर गरेर विदेशबाट आफन्तले पठाएको पैसा खातावालको हकमा सीधै खातामा जम्मा गरिने ब्यवस्था समेत गरिएको छ । युवा तथा साना ब्यवसायी स्वरोजगार कोषसँगको सहकार्यमा युवा ब्यवसायीहरुलाई सरल र शुलभ ब्याजदरमा कर्जा प्रवाह समेत गराउँदै आएको छ ।
विभिन्न क्षेत्रमा सक्रिय रहि आफ्नो योगदान पु¥याइरहनुभएका युवाहरुद्धारा संचालीत संस्था भएको हुदा ब्यवसायी सदस्यहरुको ब्यवसाय प्रर्वद्धन तथा ब्यवस्थापन लगायतका कार्यका लागि सरल शुलभ ऋण सुविधा मात्र नभई ब्यवसायीक योजना तर्जुमा तथा अन्य प्राविधिक सल्लाह तथा जानकारी समेत उपलब्ध गराउँदै आइरहेको छ ।
